एन्फा अध्यक्षको राजीनामा माग्ने उपाध्यक्ष र केन्द्रीय सदस्यलाई कारबाही

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको राजीनामा माग गर्दै आएका एन्फाकै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र केन्द्रीय सदस्य दावा लामालाई एन्फाले कारबाही गरेको छ । उनीहरुलाई दिइएको उपसमितिको संयोजकको जिम्मेवारी बुधबार खोसिएको छ ।

एन्फाले वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई दिएको सदस्य संघ समितिको जिम्मेवारी खोसेर सो जिम्मेवारी अर्का उपाध्यक्ष वीरबहादुर खड्कालाई दिएको छ । त्यसैगरी 
एन्फाले फुटसल कमिटी संयोजक रहेका दावा लामालाई पनि जिम्मेवारीमुक्त गरेको छ । सो संयोजक पद केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठले पाएका छन् ।

जिम्मेवारी खोसिएका नेम्बाङ र लामा दुवैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको कार्यशैलीको विरोध गर्दै आएका थिए ।

मंगलबार एन्फाले रमेश रायमाझीलाई लिग कमिटीको उपसंयोजक तोकेको थियो । रायमाझीले दुई वर्षअघि सम्म शेर्पाका विरोधी थिए ।





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १८:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया