१४ घण्टा बन्द भएर खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन– पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक १४ घण्टापछि सञ्चालनमा आएको छ । अहिले एकतर्फी मात्रै सञ्चालनमा ल्याइएको हो । 

अविरल वर्षाका कारण इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा बुधबार बिहान पहिरो गएको थियो । पहिरो हटाउनका लागि  पाँचवटा डोजर प्रयोग गरिएको थियो ।

नारायणगढ मुग्लिन सडकको ३६ किलोमिटरको दूरीका नौ स्थानमा पहिरोको जोखिमयुक्त क्षेत्र छन् । 





  • प्रकाशित मिति : असार ३, २०७७ बुधबार १९:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया