अर्घाखाँचीको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

आरडिटी परीक्षणमा कोरोनाभाइरस संक्रमण पोजेटिभ आएपछि मंगलबार राति अर्घाखाँचीको शितगंगा नगरपालिकाको एक क्वारेन्टाइनमा रहेका ४४ वर्षका पुरुषले आत्महत्या गरे । उनको शव क्वारेन्टिन नजिकै एक रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

उनी झुन्डिएको अवस्थामा फेला परे पनि उनको पिसिआर रिपोर्ट नआइन्जेल उनको शव चलाइएन । त्यसैले बुधबार दिनभर उनको शव रुखमा नै झुन्डिएको अवस्थामा रह्यो । २५ जेठमा पिसिआर रिपोर्टका लागि उनको स्वाब संकलन गरिएको थियो । अब ११ दिनपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भयो ।

भारतबाट २५ दिनअघि आएर उनी क्वारेन्टिनमा बसेका थिए ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार ८:८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया