विश्व महामारी कोरोनाभाइरसबाट बच्न र यसको प्रभावलाई कम गर्न जर्मनीको प्रयोगलाई विश्वभर सफलताका रुपमा हेरिएको छ ।
अब यही जर्मनीले कोरोनाभाइरस महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । त्यहाँ आजभोलि दैनिक कोरोना संक्रमित थपिएका छन् ।
तर, जर्मन सरकारले यसका लागि सतर्कता पनि अपनाएको छ । जर्मन चान्सलर एन्जेला मर्केलले जर्मनीका सबै १६ राज्य प्रमुखसँग बैठक गरेकी छिन् । यो बैठकले अबका चार महिना अर्थात् अक्टोबरसम्म कुनै पनि ठूलो सभा समारोह नगर्ने निष्कर्ष निकालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।