आर्सनलमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले आर्सनलमाथि फराकिलो जित निकालेको छ ।

कोरोनाभाइरस महामारीपछिको पहिलो खेलमा सिटीले १० खेलाडीमा समेटिएको आर्सनलमाथि ३–० को सानदार जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले पहिलो हाफमा १ तथा दोस्रो हाफमा दुई गोल गरेको थियो ।

सोक्रममा रहिम स्टर्लिङले पहिलो हाफको इनजुरी समयमा गरेका थिए भने केभिन डि ब्रुयनेले ५१ औँ तथा फिल फोडेनले ९२ औं मिनेटमा गोल गरेका थिए । 

दोस्रो हाफको शुरुमै आर्सनल १० खेलाडीमा समेटियो । ४९औं मिनेटमा डिफेन्डर आर्सनलका डेभिड लुइजले पेनाल्टी बक्समा रियाद महारेजमाथि फउल गरेपछि रेफ्रीले सिधै रातो दिदै मैदान बाहिर पठाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि पाएको पेनाल्टी सदुपयोग गर्दै डि ब्रुयनेले गोल गरेका हुन् ।



सिटीले पनि अन्तिम १२ मिनेट १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । खेल अन्त्य गरेको थियो ।

पाँच खेलाडी सब्सिच्युट गरिसकेपछि डिफेन्डर इरिक गार्सिया आफ्नै गोलरक्षक इडर्सनसँग जुध्दै गम्भीर चोट बोक्न पुगेका थिए ।



जितसँगै सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी २२ मा छोट्याएको छ । सिटीको यो जितले लिभरपुलले उपाधिको लागि थप कुर्नुपर्ने भएको छ ।

सिटीको २९ खेलबाट ६० अंक पुगेको छ । लिभरपुलको ८२ अंक छ । समान खेलबाटै आर्सनल ४० अंक जोडेर नवौं स्थानमा यथावत छ ।

त्यस्तै प्रिमियर लिगाकै अर्काे खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 
 

  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १०:३५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया