अर्थविद् सुजीव शाक्यको ‘अर्थात् परिवर्तन’ ई–बुकमार्फत सार्वजनिक हुँदै
एपमार्फत एकल अध्यायसमेत किनेर पढ्न सकिने




अर्थविद् टिप्पणीकार सुजीव शाक्यद्वारा लिखित ‘अर्थात् परिवर्तन’ ई–बुकमार्फत सार्वजनिक हुने भएको छ । यो किताब ’ईबुक’मार्फत सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुने नेपालयका किरणकृष्ण श्रेष्ठले बताए ।
शाक्यको सअघि अर्थतन्त्रमा आधारित ‘अर्थात् अर्थतन्त्र’ नेपालयबाटै प्रकाशित छ, भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशनबाट प्रकाशित छ ।
‘मेरो नयाँ पुस्तक ‘ई–बुक’मार्फत नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक शाक्य भन्छन्, ‘मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ, पुस्तक बजारका निम्ति यो एउटा नयाँ आरम्भ हो ।’
 ई–बुकको बिस्तारमार्फत नेपाली पुस्तक बजारले नयाँ आयाम भेट्ने भन्ने कुरामा म आशावादी रहेको उनको भनाइ छ ।
नेपाली अर्थतन्त्रको सकारात्मक सम्भावनाको सेरोफेरोमा लेखिएको अर्थात् परिवर्तन नेपाली आर्थिक वर्षको प्रारम्भसंगै सार्वजनिक हुने बताइएको छ ।
किताबको प्रकाशनबारे चर्चा गर्दै नेपालयका श्रेष्ठले ई–बुकसँगै एउटा थप प्रयोग पनि गरेको जानकारी दिए । उनका अनुसार पुस्तक विमोचन हुनुभन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रुपमा सार्वजनिक गरिनेछ ।
‘संगीत क्षेत्रमा एल्बम सार्वजनिक हुनुभन्दा पहिले कुनै एउटा गीतको एकल गीत वा सिंगल ट्रयाकमात्र सार्वजनिक गरिएको हामीले देख्दै आएका छौं,’ उनले थपे, ‘त्यस्तै अनुरुप, हामी पुस्तक सार्वजनिक गर्नुभन्दा पहिले किताबका ४ वटा अध्यायलाई छुट्टाछुट्टै सार्वजनिक गर्ने छौं ।’ 
’थुप्रै’को एपमार्फत पुस्तकको एकल अध्याय १५ रुपैंयामा पढ्न सकिने उनले जानकारी दिए । पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुने उनको भनाय छ । एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ ।
‘ईबुकको यो प्रयोग सम्पूर्ण नेपाली पुस्तक बजारका निम्ति अगुवा प्रक्षेपण हुनसक्छ’ लेखक शाक्यले भने । ‘अर्थशास्त्रको विद्यार्थीको दृष्टिबाट हेर्दा, सम्पूर्ण नेपाली पुस्तक उद्योगका निम्ति म यसलाई एउटा अवसरका रुपमा देख्छु।’
एकल अध्याय खरिद गर्ने पाठकले पुस्तक पढ्दा संगसंगै लेखकले आफै बाचन गरेको ‘अडियो’ पनि सुन्न सक्ने गरि प्राबिधिक तयारी गरिएको नेपालयले बताएको छ । 
‘हामी अब हाम्रा सबै नेपाली पुस्तकहरुलाई संस्थागत रुपमा ‘अडियो बुक’को संस्करणमा ल्याउने प्रयासमा छौं,’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रकाश परे । 
बिहीबारदेखि साप्ताहिक रुपमा एकल अध्याय सार्वजनिक हुने अर्थात् परिवर्तन ३० असारमा ‘ईबुक’मार्फत सार्वजनिक हुनेछ ।


 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १३:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया