अफगानिस्तानमा धार्मिक विद्यालयमा विस्फोट, सात व्यक्तिको मृत्यु

एजेन्सी– अफगानिस्तानमा एक धार्मिक विद्यालयमा बिहीबार विस्फोट हुँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । उत्तरी प्रान्त तखारको इसकामिस जिल्लामा अवस्थित विद्यालयमा अज्ञात समूहले आक्रमण गरेको हो । 

विस्फोटमा परी अन्य आठजना घाइते भएका छन् । घटनाको विस्तृत विवरण प्राप्त नभएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । 

अफगानिस्तानमा धार्मिक विद्यायललाई लक्षित गरेर यसअघि पनि कैयौँपटक  यस्ता आक्रमण भएका छन् । धार्मिक विद्यालयमा तालिबान समूहले आक्रमण गरेको अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १५:२४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया