पढ्दै नपढ्ने र हल्लाको पछाडि दौडनेले एमसिसीको विरोध गरे : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसीको विरोध गर्नेहरु पढ्नै नपढी हल्लाको पछाडि दौडिएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले एमसीसीको विरोध गर्नेको चर्को आलोचना गरेका हुन् । 

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले प्रश्न गरे, ‘पढ्न अल्छी लाग्छ कि के हो ? एमसिसी पढेका मान्छे मैले त्यति भेटिनँ ।’ 

उनले विरोध गर्नुअघि एमसिसी सम्झौता खोजेर पढ्न आग्रह गरेका छन् । पढ्ने भन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने चिन्तन कस्तो हो भनेर उनले प्रश्न गरेका छन् । 





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १८:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया