नागरिकता विधेयकबारे विपक्षी दलसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं– संसदमा विचाराधीन नागरिकता विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन् । २०७५ साल भदौ ५ गतेदेखि नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ ।

छलफलमा सत्तारुढ दलका तर्फबाट प्रधानमन्त्रीसहित अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत नेता सहभागी छन् । सो छलफलमा नेपाली कांग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र मीनेन्द्र रिजाल सहभागी छन्।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अंगीकृत नागरिकताको विषयमा सहमति कायम हुन सकेको छैन । समितिले बुधबार नागरिकता विधेयकमा पाँच दिनभित्र सहमति कायम गर्न सरकारलाई निर्देशन दिएको छ । 

अहिले नेपाल नागरिकसँग विवाह गरेपछि विदेशी महिलाले अंगीकृत नागरिकताका लागि आवेदन दिन पाउने व्यवस्था छ । समिति सभापति शशि श्रेष्ठले नेपाली पुरुषसँग विवाह गर्ने महिलाले ७ वर्षपछि मात्र नागरिकता पाउने प्रस्ताव गरेकी छिन् । 

उनको प्रस्तावमा त्यसरी विवाह गरेर आएकी बुहारीलाई बिहे गरेर आएको सात वर्षसम्मका लागि आर्थिक, सामाजिक र संस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिन प्रस्ताव गरिएको छ ।





  • प्रकाशित मिति : असार ४, २०७७ बिहीबार १८:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया