थप एक चिकित्सक, २ नर्समा देखियो कोरोना संक्रमण

नेपालमा थप एक चिकित्सकमा कोरोनाभाइरस संक्रमण देखिएको छ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सक र अन्य तीन स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।

अस्पतालका कर्मचारीमा नै कोरोना संक्रमण देखिएपछि अहिले तत्कालका लागि अस्पतालले आकस्मिक बाहेकका अन्य सबै सेवा बन्द गरेको जनाएको छ ।

यो अस्पतालमा केही दिनअघि एक बिरामीमा कोरोनाभाइरस संक्रमण देखिएको थियो । त्यसपछि उनको हेरचाहमा संलग्न भएका चार चिकित्सक, ११ नर्स र ६ अन्य स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेका छन् । यीमध्ये एक चिकित्सक, दुई नर्स र अन्य एक स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ८:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया