इलाममा एउटा गाउँमा रुखको एउटै हाँगामा देवर र भाउजूको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।
प्रहरीले इलामको माङसेबुङ गाउँपालिकाको ६ नम्बर वडामा यो घटना भएको जनाएको छ । प्रहरीका अनुसार २७ वर्षका विशाल राई र उनकी भाउजू २६ वर्षकी गीता राईको शव एउटै रुखको एउटै हाँगामा भेटिएको हो ।
दुवै जना बिहीबारबाट हराएका थिए । पछि गाउँलेहरुले खोज्दा उनीहरुको शव घरबाट केही परको एउटा रुखमा झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।