पर्सामा दुई पुरुष र एक महिलाले गरे आत्महत्या

पर्सामा तीन जनाले आत्महत्या गरेका छन् । एक महिलाले विष सेवन गरेर र दुई पुरुषले झुन्डिएर आत्महत्या गरेका हन् ।

पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका–४ बन्जारीका २६ वर्षीय भगिरथ महतो आफ्नै घरको बलोमा पासो लगाई झुन्डिरहेको भनी स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

केही दिनअघि झगडा परेपछि महतोकी पत्नी घर छाडेर भारतस्थित माइतीमा गएर बसेकी थिइन् । आमाबुवासँग छुट्टिसकेकाले उनी एक्लै बस्दै आएका थिए। व्यक्तिगत तनावका कारण उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 

जिराभवानी गाउँपालिका–२ सेढवामा २० वर्षीय एक युवक रामु रोडाथारू आफ्नै घरको आफू सुत्ने कोठाको बलोमा आफ्नै गम्छाले पासो लगाई झुन्डिरहेका बिहान करिब साढे ८ बजे फेला परेको थियो ।

बिहीबार पर्साकै ठोरी गाउँपालिका–३ रामनगर की २४ वर्षीय महिला गीता दर्जीले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।





  • प्रकाशित मिति : असार ६, २०७७ शनिबार ९:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया