पुनः सुरु भयो सिरी ‘ए’, गएराति भए दुई खेल

कोरोनाभाइरस महामारीका कारण रोकिएका फुटबल लिगहरु बिस्तारै पुन : सञ्चालनमा आइरहेका छन् ।

जर्मनी, स्पेन र इङ्गल्याण्डमा लिग पुन ः सञ्चालनमा आइसकेका छन् भने त्यही सुचीमा इटाली पनि थपिएको छ ।

इटालीमा गएरातिबाट सिरी एका खेल सुरु भएका छन् । लिगअन्तर्गत शनिबार राति दुई खेल भए ।

हेलास भेरोनाको जित, पार्मा र टोरिनोले अंक बाँडे

हेलास भेरोनाले जित निकाल्दा पार्माले टोरिनोसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

१० खेलाडीमा समेटिएको हेलास भेरोनाले काग्लिएरीमाथि २–१ को जित निकालेको हो ।



घरेलु मैदानमा शनिबार राति भएको खेलमा भेरोनाको जितमा दुवै गोल स्यामुल डि कार्मिनल गरे । काल्गिएरीका जियोभानी सिमिओनले एक गोल फर्काए ।

खेलको १४औं मिनेटमा डार्काे लाजोभिकको पासमा स्यामुल डि कार्मिनले गोल गर्दै भेरोनालाई शुरुवाती अग्रता दिलाए । २६औं मिनेटमा कार्मिनले नै गोल गर्दै भेरोनाको अग्रता दोब्बर पारे । कार्मिनले यसपटक भालेरियो भेरेको पासमा गोल गरेका थिए ।



३५औं मिनेटमा भेरोना १० खेलाडीमा समेटियो । फावियो बोरिनी सिधै रातो कार्ड खादै मैदानबाट बाहिएपछि भेरोनाले ५५ मिनेट १० खेलाडीमा खेल्नुपरेको थियो । ४३औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

तर, दोस्रो हाफमा थप गोल निस्कन नसक्दा भेरोना विजयी हुन सफल भयो ।

जितसँगै भेरोना २६ खेलबाट ३८ अंक जोडेर सातौ स्थानमा उक्लदा काग्लिएरी ३२ अंक जोडेर १२औं स्थानमा यथावत छ ।

अर्काे खेलमा टोरिनो र पार्माले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

टोरिनोका निकोलस एनकोउलोउले गोल गर्दा पार्माका जुराज कुस्काले बराबरी गोल पर्काए । एन्डे«य बेलोटीले पेनाल्टी चुकाउदा टोरिनो जितबाट वञ्चित बन्यो ।​

बराबरीसँगै पार्मा ३६ अंक जोडेर आठौं स्थानमा रहँदा टोरिनो २८ अंक जोडेर १५औं स्थानमा छ ।

हाल समान २५ खेल खेलेका टोरिनो २७ अंकको साथमा १५ तथा पार्मा ३५ अंकको साथमा ९ औं स्थानमा छ । 

  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार ८:३९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया