भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार लाख नाघ्यो, मृतक १३ हजारभन्दा बढी

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने चार लाख नाघेको छ । शनिबार एकैदिन १५ हजार ८१३ नयाँ सङ्क्रमित थपिएका छन् ।

शनिबार बिहानसम्म तीन लाख ९६ हजार सङ्क्रमित रहेको भारतमा पछिल्लो चौबिस घण्टामा थपिएका नयाँ बिरामीसँगै कोरोना सङ्क्रमितको संख्या चार लाख ११ हजार ७२७ पुगेको छ । मृत्यु हुनेको संख्या १३ हजार २७७ पुगेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल र रुसपछि कोरोनाभाइरसबाट सबैभन्दा बढी सङ्क्रमित हुने राष्ट्र भारत हो ।

आर्थिक सुधारका लागि लकडाउनका उपायहरु हटाइएदेखि भारतमा कोरोना सङ्क्रमितको संख्या तिब्ररुपमा बढेको छ ।

पछिल्लो आठ दिनमा एक लाखभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । त्यसअघि तेस्रो एक लाख बिरामी पुग्न करिब दश दिन लागेको थियो ।

दोस्रो एक लाख पुग्न १५ दिन र पहिलो एक लाख पुग्न करिब ७८ दिन लागेको थियो । पछिल्लो चौबिस घण्टामा भारतमा एक लाख ८९ हजार ८६९ जनामा कोरोनाभाइरसको परीक्षण गरिएको छ ।



परीक्षणमा वृद्धि कोरोनाका नयाँ सङ्क्रमितको संख्या पनि बढ्दै गएको हो ।

भारतको महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभाबित राज्य हुन् ।
 



  • प्रकाशित मिति : असार ७, २०७७ आइतबार ९:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया