काठमाडौं– संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकतासम्बन्धी संशोधन विधेयक बहुमतले पारित भएको छ ।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहितको विधेयक बहुमतले पारित भएको हो ।
सो विधेयकमा प्रमुख विपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादी र नेमकिपाले भने फरक मत राखेका थिए । प्रतिपक्षी दलको असहमति भए पनि समितिमा सत्तापक्ष नेकपाको बहुमत भएकाले सो विधेयक पारित भयो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।