२४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण : डब्लुएचओे

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित फेला परेको जनाएको छ ।

डब्लुएचओले बितेका २४ घण्टामा एक लाख ८३ हजार २० नयाँ संक्रमित फेला परेको जनाएको छ । यसमा ६० प्रतिशत संक्रमित दक्षिण अमेरिकाबाट भएको उल्लेख छ ।

विश्वका थुप्रै मुलुकले लकडाउनलाई खुकुलो पार्दै गएको सन्दर्भमा तथ्यांक सार्वजनिक भएको हो ।

यसअघि जुन १८ मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए । सो दिन १ लाख ८१ हजार २ सय ३२ संक्रमित पुष्टि भएका थिए ।

हाल विश्वमा सबैभन्दा धेरै संक्रमित अमेरिकामा फेला परेका छन्। त्यहाँ २२ लाख ७९ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि सर्वाधिक संक्रमित ब्राजिलमा रहेका छन् । त्यहाँ हालसम्म ११ लाखभन्दा बढी संक्रमित फेला परेको छ ।



ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ ।

त्यस्तै पछिल्लो विश्व विवरण अनुसार विश्वमा कोरोना संक्रमितको संख्या ८९ लाखभन्दा बढी पुगिसकेको छ भने यसबाट ४ लाख ६७ हजार बढी मानिसको मृत्यु भइसकेको छ ।
 



  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १०:१९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया