मनसुन देशभर सक्रिय
अझै केही दिन निरन्तर वर्षा हुने मौसमविदको भनाइ


मनसुन सक्रिय भएसँगै देशभर वर्षा भइरहेको छ । वर्षसँगै कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ भने राजमार्गसमेत अवरुद्ध हुन थालेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिइ सकेको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ ।
मौसमविदका अनुसार मनसुनी गतिविधि सक्रिय भएकाले देशभर मध्यम वर्षा भइरहेको छ । अझै दुई दिनसम्म काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने विभागको भनाइ छ ।
देशका धेरै स्थानमा रातिदेखि नै हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिनभर देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
प्रदेश १, प्रदेश २, प्रदेश ५, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । 
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । 
वर्षासँगै विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रहसमेत गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार गत २४ घण्टामा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४० मिलिमिटर वर्षा भएको छ । यसैगरी दाङमा ३९.७ र बाँकेमा ३३ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ ।
निरन्तर वर्षासँगै काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ । मनोहरा नदी बालकुमारीमा जलसतह २ मिटरभन्दा धेरै बढेको छ । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १४:२५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया