महासंघको साधारण सभा साउन अन्तिममा



नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा साउन अन्तिममा गर्ने निर्णय भएको छ । सोमबार बसेको महासंघ केन्द्रीय समिति बैठकले साउन अन्तिम साता सभा गर्ने निर्णय गरेको हो ।
यसअघि आइतबार सम्पन्न महासंघ पदाधिकारीको बैठकले साउन अन्तिम साता साधारण सभा गर्ने निर्णय गरेको थियो । पदाधिकारी बैठकले गरेको निर्णयलाई सोमबार कार्यसमिति बैठकले अनुमोदन गरेको बताइएको छ ।
चैतमा नै गर्नुपर्ने साधारणसभा कोभिड–१९ को महामारीका कारण सारिएको थियो । तीव्र छलफलपछि साउन अन्तिम साता गर्ने सहमति जुटेको हो ।
साधारणसभापछि हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । 
सभाकै समयमा वरिष्ठ उपाध्यक्ष लगायतका अन्य पदका लागि भने निर्वाचन हुनेछ । 
वरिष्ठ उपाध्यक्षका लागि हालका उपाध्यक्ष द्वय चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १६:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया