थप ५३५ मा कोरोना संक्रमण, संक्रमित १० हजार नजिक

 

नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन् । 
नेपालमा अहिले रसुवाबाहेक सबै जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता डा. गौतमले  नियमित पत्रका सम्मेलनमा जानकारी दिए ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । संक्रमितमध्ये २ हजार १ सय ४२ जना निको भएका छन् । 
त्यसैगरी, कोरोनाकै कारण नेपालमा  २३ जनाले ज्यान गुमाएका छन् । 
अहिलेसम्म पिसिआर प्रविधिबाट १ लाख ८१ हजार ३ सय  जनाको स्वाब परीक्षण भइसकेको छ । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १६:४४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया