सोमबार कहाँ कति थपिए कोरोना संक्रमित ?

काठमाडौं– सोमबार नेपालमा ५ सय ३५ नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । सोमबार थपिएका मध्ये ८ सय ९४ महिला र ८ हजार ६ सय ६७ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका ८ जना र सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ३ जना र मोरङका ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ११ जना संक्रमित भेटिएका छन् । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २ जना, अर्घाखाँचीका ९ जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका ७ जना, गुल्मीका १ जना, जाजरकोटका १ जना, कैलालीका ५८ जना, नवलपरासीका ५ जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका २३ जना, स्याङजाका २० जना, पाल्पाका १० जना, प्युठानका २४ जना, रौतहटका ३४ जना र रुपन्देहीका ९ जना संक्रमित फेला परेका छन् ।  

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १० जना, महोत्तरीका १ जना र सप्तरीका २ जना, भरतपुर अस्पताल प्रयोगशाला​मा चितवनका ५ जना र नवलपरासी पूर्वका १६ जना, धुलिखेल अस्पतालमा ओखलढुंगाका १ जना र गुल्मीका ४१ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङजा र तनहुँका १–१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपरासी पूर्वका ८ जना, स्याङजा​ १२ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्मीका १४ जना, पाल्पामा ८० जना, रुपन्देहीमा ३ जना र प्युठानका ६ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका १३ जनामा संक्रमण भेटिएको छ । 

मन्त्रालयले सोमबार भेटिएका ५ सय ३५ जनामध्ये ७४ जना महिला र ४ सय ६१ जना पुरुष रहेको जनाएको छ । 





  • प्रकाशित मिति : असार ८, २०७७ साेमबार १७:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया