प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि ५–० को सानदार जित दर्ता गरेको छ ।
घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीलाई सहज जित दिलाउन फिल फोडेन र रियाद माहिरेजले समान २ तथा डेभिड सिल्भाले १ गोलको योगदान दिए ।
खेलको २२ औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै फोडेनले घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
४३ औं मिनेटमा माहिरेजले सिटीको अग्रतालाई दोब्बर बनाए । उनले फर्र्नाडिन्होको पासलाई सदुपयोग गरेका हुन् ।
पहिलो हाफको थप गरिएको समयमा बर्नलीका डिफेन्डरले सर्जियो अग्वेरोेलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टी सदुपयोग गर्दै महिरेजले नै सिटीलाई ३–० को स्थितिमा पु¥याएका थिए ।
त्यस्तै ५१ औं मिनेटमा डेभिड सिल्भाले बर्नार्डाे सिल्भाको पासलाई सदुपयोग गर्दै सिटीका लागि चौथो गोल गरेका थिए ।
खेलको ६३ औं मिनेटमा ग्याब्रियल जिससको पासलाई सदुपयोग गर्दै फोडेनले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरेका थिए ।
जितसँगै समान ३० खेल खेलेको सिटी ६३ अंकको साथमा दोस्रो स्थानमा तथा पराजित बर्नली ३९ अंकका साथ ११ औं स्थानमा यथावत छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।