अष्ट्रेलियाबाट आज २५९ नेपाली आउँदै

अष्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’स्वरुप नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपाली काठमाडौं फर्किन लागेका छन् ।

स्थानीय समयअनुसार १ बजे नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट काठमाडौंतर्फ उड्नेछ ।

स्रोतका अनुसार सो जहाजमा आउनेमा लकडाउनका कारण अलपत्र परेका नेपाली विद्यार्थीका अभिभावक छन् ।

ती सबै अभिभावक चार महिनादेखि अष्ट्रेलियामै रहन बाध्य भएका हुन् ।

अष्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा हुनेछ । मेलबर्नमा रहेका नेपाली ल्याइँने बताइएको छ ।
 





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १०:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया