आइसोलेसनमा उपचाररत कोरोनाभाइरस संक्रमितको मृत्यु

कर्णाली प्रदेश अस्पतालमा रहेको आइसोलेसनमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मृतक क्षयरोगका बिरामी रहेको र उनले दुई–अढाई वर्षदेखि औषधि सेवन गर्दै आएका थिए ।

मृतक ३ असारमा दैलेखबाट आएका थिए । भोलिपल्टै उनको कोरोना परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

रिर्पोट पोजिटिभ आएपछि उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 
 





  • प्रकाशित मिति : असार ९, २०७७ मंगलबार १४:५८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया