राष्ट्र बैंकले हटायो विद्युतीय भुक्तानीको सीमा



नेपाल राष्ट्र बैंकले उक सर्कुलर जारी गर्दै सेयर कारोबारमा विद्युतीय भुक्तानीको सीमा हटाएको छ । 
राष्ट्र बैंकले सर्कुलर जारी गर्दै यसअघिको दैनिक र मासिक सीमा हटाएको हो । 
नेपाल धितोपत्र बोर्ड तथा लगानीकर्ताले कोरोनाको महामारीलाई मध्यनजर गरी सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाउन माग गरेका थिए । 
राष्ट्र बैंकले सोही अनुरुप विभिन्न ५ वटा शीर्षकमा विद्युतीय भुक्तानीको सीमा हटाएको हो । 
योसँगै अब कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा, सरकारको सम्बन्धित कार्यालयलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क, विविध शुल्क  भुक्तानी तथा प्राप्ति गर्दा उक्त सीमाले बाधा पुर्याउने छैन । 
यसैगरी विद्युत् सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम सामाजिक सुरक्षा भत्ताको रकम भुक्तानी तथा प्राप्ति गर्दा तथा शिक्षण संस्था, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा, होटल तथा रेस्टुरेन्टको सेवा कारोबारको भुक्तानी गर्नुपर्ने विलबमोजिमको रकम भुक्तानी तथा प्राप्ति गर्दा गर्दा विद्युतीय भुक्तानीको सीमा लागु हुने छैन । 
यसैगरी धितोपत्र व्यवसाय गर्न अनुमति प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरे वापत सेवाग्राही तथा ग्राहकबाट लिन तथा ग्राहकलाई दिन प्रति कारोबार अधिकतम मोबाइल बैंकिङ तर्फ १ लाख र १० लाख रुपैंयाको भुक्तानी गर्ने यस अघिको व्यवस्थामा पनि सीमा हटाइएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
एक पटकमा मोबाइल बैंकिङ बाट १ लाख र इन्टरनेट बैंकिङ मार्फत १० लाख रुपैयाँमात्र भुक्तानी गर्न सकिने प्रावधान भने राखिएको छ । 
मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गको माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको जोखिम मुल्याङ्कन र व्यवस्थापन गर्ने जिम्मेवारी भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुने केन्द्रिय बैंकले स्पष्ट पारेको छ ।
 सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले कारोबारको सीमा हटाए  पनि बैंक वित्तीय संस्थाले आन्तरिक रुपमा सीमा निर्धारण गर्न सक्ने सकुर्लरमा उल्लेख छ ।





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १४:२६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया