वीरगञ्ज महानगरले ल्यायो पौने ४ अर्बको बजेट
महानगरको प्राथमिकतामा कोरोना महामारी नियन्त्रण र समाजिक विकास


वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागि रू. ३ अर्व ८६ करोड ५१ लाखको बजेट ल्याएको छ । 
महानगरले कोरोना महामारी नियन्त्रण र समाजिक विकासलाई प्राथकितामा राखेर बजेट सार्वजनिक गरेको हो ।  

वीरगञ्जमा बुधबारदेखि शुरु भएको सातौं नगरसभामा उपप्रमुख शान्ति कार्कीले नीति तथा कार्यक्रम समेत सार्वजनिक गरिन् । 
महानगरले चालूतर्फ रू. १ अर्व ६२ करोड ६९ लाख र पूँजीगतमा रू. २ अर्व १७ करोड ४६ लाख रकम छुट्याइएको छ ।
महानगरले वित्तीय व्यवस्थातर्फ रू. ६ करोड ३६ लाख खर्च हुने अनुमान गरेको छ । 
कोरोना महामारीले निम्त्याएको विपद्बाट महानगरका नागरिकलाई मुक्त गर्नु पहिलो कार्यभार भएको नगर प्रमुख विजयकुमार सरावगीले बताए । 

स्थानीय दाताको सहयोगमा पीसीआर उपकरण खरीद गरेको महानगरले परीक्षणको दायरा बढाउन जनशक्ति परिचालन गर्ने भएको छ । 
आगामी वर्ष वीरगन्जलाई कोरोना मुक्त गरी ‘ग्रिन जोन’ बनाउने लक्ष्य लिएको महानगरले संघीय सरकारसँगको समन्वयमा एक सय शैया क्षमताको कोरोना अस्पताल बनाउने योजनासमेत बजेटमा राखेको छ । 

कोरोना कारण  प्रभावित शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुचारु गर्ने योजना महानगरले बजेटमा ल्याएको छ । 

खानेपानी, ढल तथा सरसफाई र फोहोर व्यावस्थापन, कृषि, सिंचाई, पशुपालन, पर्यटन, युवा तथा खेलकुद, लैङ्गिक समानता, महिला सशक्तीकरण तथा सामाजिक समावेशीकरणलगायतका पुरानै प्राथमिकताको योजना बजेटमा परेका छन् । 
कोरोना महामारीका कारण व्यापार व्यवसायमा परेको प्रतिकूल असरलाई न्यूनीकरण गर्न विद्यालय, अस्पताल, सपिङमल, उद्योग र कलकारखानाको चालू वर्षको सम्पत्ति करमा ५० प्रतिशत छूट दिने महानगरले बताएको छ ।





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १६:३४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया