थप ६२९ मा कोरोना संक्रमण

 

नेपालमा थप ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ६२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । 
नयाँ संक्रमितमध्ये ११० महिला तथा  ५१९ पुरुष रहेको मन्त्रालयले जानकारी दिएको छ ।
बुधबार थपिएका सहित गरी  नेपालमा कुल संक्रमितको संख्या १० हजार ७ सय २८ जना पुगेको छ ।
हालसम्म २ हजार ३ सय ३८ जना संक्रमण मुक्त भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । 

प्रवक्ता डा गौतमका अनुसार मंगलबारसम्म रसुवाबाहेक सबै  जिल्लामा संक्रमण देखिएको छ । 
हालसम्म नेपालमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १६:४५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया