चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसले संसदमा दर्ता गर्यो संकल्प प्रस्ताव

काठमाडौं– दक्षिणी छिमेकी भारतले लिम्पियाधुरालगायत भूमि मिचेको विषयले नेपाली राजनीति तातिरहेका वेला प्रतिपक्षी दल नेपाली कांग्रेसले चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन मागसहित संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेसका तर्फबाट नेताहरु देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार सो संकल्प प्रस्ताव दर्ता गराएका हुन् । हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टरभन्दा बढी भूभाग अतिक्रमणमा परेको जनाउँदै कांग्रेसले प्रस्ताव दर्ता गरेको हो । 

नेपालको भौगोलिक, राजनीतिक नक्साअनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भमध्ये केही हराएका र केही नेपालभित्र सारिएको उल्लेख गर्दै उनीहरुले सो फिर्ता ल्याउन माग गरेका छन् ।

गोरखाको सिमानामा पर्ने ३५, २७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बु सीमाको ६२ नम्बर सीमा स्तम्भ हराएको भन्दै चीनले अतिक्रमण गरेका नेपाली भूभाग कूटनीतिक पहलबाट फिर्ता ल्याउन माग गरिएको छ । 





  • प्रकाशित मिति : असार १०, २०७७ बुधबार १९:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया