किन गए भारतीय रक्षामन्त्री रुस ?

भारतका रक्षामन्त्री राजनाथ सिंह अहिले रुसमा छन् । उनी बुधबार रुसको राजधानी मस्को पुगेका हुन् ।

भारतीय मिडियाहरुका अनुसार सिंह रुसी विजय दिवससम्बन्धी विशेष कार्यक्रममा सहभागी हुन गएका हुन् ।

दोस्रो विश्व युद्धमा रुसले जर्मनीको नाजी सरकारमाथि विजय गरेको अवसरमा रुसको राजधानी मस्कोमा आयोजना गरिएको एक प्रकारको विशेष सैनिक परेड कार्यक्रममा उनी सहभागी भएका छन् ।

रक्षामन्त्री सिंह बुधबार मात्रै रुस पुगे पनि सोमबार नै त्यसतर्फ प्रस्थान गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

भारतीय सैनिक समेत सहभागी रहेको सो विशेष महत्वको कार्यक्रममा आफू सहभागी हुन पाउँदा खुशी लागेको सिंहले बताएका छन् ।

यो कार्यक्रम मे ९ तारिखका लागि तय गरिएको थियो । तर विश्वमा फैलिएको कोरोनाभाइरसको महामारीका कारण कार्यक्रम बुधबारका लागि सारिएको बताइएको छ ।



रक्षामन्त्री सिंहले ट्वीट गरेर यसको जानकारी गराएका हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले रुससँग प्रतिरक्षाका विषयमा आवश्यक छलफल गर्नेछन् ।

तीन दिन रुसमै रहने जानकारी दिँदै सिंहले भनेका छन्, ‘रुसी रक्षामन्त्रीसँग प्रतिरक्षा विषयमा मेरो वार्ता हुनेछ ।’



रुस र भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आएकाले रक्षामन्त्री विशेष कार्यक्रममा सहभागी भएको भारतीय मिडियाहरुको भनाइ छ । 
 

  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार ८:४२:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया