भारतीय मिडियामा नेकपा चर्चाः प्रचण्डले ओलीलाई समस्यामा पारेको निष्कर्ष

बुधबार सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा उठेका प्रश्न तथा नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबारे भारतीय मिडियामा पनि प्राथमिकताका साथ चर्चा गरिएको छ । 

भारतीय मिडियाहरुले हिजोको बैठकलाई कभरेज गर्दै नेपालमा कम्युनिस्ट पार्टीभित्र व्यापक विरोध र अन्तर्संघर्ष भएको र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समस्यामा पारेको उल्लेख गरेका छन् । 

केही मिडियाले चाहिँ चीनले पनि नेपाली सीमा अतिक्रमण गरेको विषयमा संसदमा उठेको आवाजलाई चर्चामा ल्याएका छन् ।

भारतीय मिडिया इन्डियन एक्सप्रेसमा नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्यामा पारेको उल्लेख गरिएको छ ।

निकै लामो दबाबपछि स्थायी कमिटी बैठक बोलाइएको र यो बैठकमा प्रचण्डले ओलीमाथि निकै कडा शब्दमा आक्रमण तथा आलोचना गरेको बताइएको छ ।

इन्डियन एक्सप्रेसले यो बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो काम गरेको दाबी गरिएको तर यसलाई प्रचण्डले अस्वीकार गरेको उल्लेख गरिएको छ ।



अर्को भारतीय मिडिया लाइभहिन्दुस्तानमा चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको नाममा नेपालको नयाँ नक्सा सार्वजनिक गरेको तर पार्टीभित्र नै यसको व्यापक विरोध भएको र प्रधानमन्त्री ओली अल्पमतमा परेको उल्लेख गरेको छ ।

भारतीय मिडिया भास्करमा चाहिँ चीनले पनि नेपालको भूमि अतिक्रमण गरेको विषयमा संसदमा प्रश्न उठ्न थालेको उल्लेख गरिएको छ ।



  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १२:४२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया