हङकङमा कोरोनाका कारण सातौं व्यक्तिको निधन

हङकङमा कोरोनाभाइरसका कारण थप एक जनाको निधन भएको छ । योसँगै हङकङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । 

फिलिपिन्सबाट फर्किएका ५५ वर्षका एक पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको र उनको निधन भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ । 

चीनबाट कोरोनाभाइरस संक्रमण सुरु भए पनि हङकङले कोरोनालाई नियन्त्रणमा लिन सकेको भन्दै विश्वभर हङकङको प्रशंसा हुँदै आएको छ ।

हङकङमा अहिलेसम्म ११७९ जनामा मात्र कोरोनाभाइरस संक्रमण देखिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १४:४१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया