कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध, प्रहरीको हवाइ फायर, पाँच जना नियन्त्रणमा

पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा बिहीबार दिउँसो प्रहरीले हवाइ फायरसमेत गरेको छ । 

प्रहरीले शव व्यवस्थापनमा अवरोध पुर्याएको आरोपमा पाँच जनालाई पक्राउ पनि गरेको छ । 

स्याङ्जाको आँधीखोला गाउँपालिकाका ५५ वर्षका पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा ३२ मा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउनका लागि प्रहरी अगाडि बढेपछि त्यहाँ केहीबेर झडप समेत भएको थियो । 

प्रहरीले स्थानीयलाई नियन्त्रणमा लिनका लागि हवाई फायरसमेत गरेको थियो । विरोधमा उत्रिएका ५ स्थानीयलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १६:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया