१६ वर्षकी टिकटक स्टारले गरिन् आत्महत्या

भारतमा बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको धेरै भएको छैन । १४ जुनमा उनले आत्महत्या गरेका थिए । अब फेरि भारतमै एक टिकटक स्टारले आत्महत्या गरेको समाचार आएको छ । 

भारतीय मिडियाहरुका अनुसार १६ वर्षकी टिकटक स्टार सिया कक्कडले आत्महत्या गरेकी हुन् । तर, अहिलेसम्म उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

उनले गत रात मात्रै एक भिडियो टिकटकमा राखेकी थिइन् । उनका म्यानेजरले उनलाई अहिलेसम्म कुनै तनाव नदेखिएको पनि बताएका छन् । उनले सियाले आत्महत्या किन गरिन् भन्ने आफूले पनि अनुमान गर्न नसकेको बताएका छन् । 

सियाले इन्स्टाग्राममा पनि केही घन्टाअघि मात्रै एक भिडियो राखेकी थिइन् । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १६:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया