बिहारमा चट्याङले कम्तिमा ८३ जनाको निधन

बिहारका अधिकारीहरुका अनुसार विभिन्न जिल्लामा चट्याङका कारण ८३ जनाको मृत्यु भएको छ । 

भारतको आपत् प्रबन्धन विभागका अनुसार २५ जुनमा साँझ साढेँ छ बजेसम्म आएको जानकारी अनुसार ८३ जनाको निधन भएको हो । 

बिहारका झन्डै २३ जिल्लामा यो चट्याङ परेको हो । बिहारको गोपालगन्ज र मधुबनीमा ८–८ जनाको निधन भएको हो। यसका साथसाथै सिवानमा छ, भागलपुरमा ६, पूर्वी चम्पारणमा पाँच तथा दरभंगा र बाँकामा ५–५ जनाको निधन भएको छ । 

बिहार सरकारले सबै मृतक परिवारलाई प्रति परिवार चार चार लाख रुपैयाँ मुआब्जा दिने घोषणा गरेको छ ।

बिहारका पूर्वउपमुख्यमन्त्री तथा प्रतिपक्ष राजदका नेता तेजस्वी यादवले यो घटनामा शोक व्यक्त गरेका छन् । 

बिहारमा मात्र होइन, भारतको उत्तर प्रदेशका विभिन्न जिल्लामा पनि चट्याङका कारण केही व्यक्तिहरुको निधन भएको हुनसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार १९:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया