राजु सदाको मृत्युबारे अध्ययन गर्न छानबिन समिति गठन

जनकपुरधाम– भारतबाट नेपाल आएर आइसोलेसनमा बसेका वेला मृत्यु भएका धनुषा हंसपुरका राजु सदाको मृत्युबारे अध्ययन गर्न प्रदेश २ सरकारले छानबिन समिति बनाएको छ ।

समितिको संयोजकमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाह छन् भने अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा. नवलकिशोर झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन उपसचिव दिलीपकुमार प्रधान सदस्य छन् ।

समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि दिइएको छ । उपचार गर्दा वा सेवा प्रवाहमा लापरबाही भएको पाइए जिम्मेवार व्यक्तिलाई कारबाही गरिने जनाइएको छ ।

१७ दिनसम्म क्वारेन्टिनमै बसेपछि उनलाई झाडापखाला लाग्दा राम्रो उपचार नपाएर सोमबार उनको मृत्यु भएको थियो । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २१:२०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया