विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युरोपका विभिन्न देशमा फेरि कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
युरोपका ११ देशमा पछिल्लो एक साता यता कोरोनाभाइरस संक्रमणको विस्तार द्रुत भएको र यसले फेरि एकपटक युरोपको स्वास्थ्यमाथि गम्भीर चुनौति देखा पर्ने डब्लूएचओले बताएको छ ।
संगठनका युरोप निर्देशक डा. हान्स क्लुगका अनुसार युरोपका केही देशमा ह्वात्तै कोरोनाभाइरस संक्रमित बढेका छन् । अबको साता युरोपका विभिन्न अधिकारीहरुले विशेष बैठक बसेर कोरोना संक्रमणको यो समयमा केही देशबाट युरोप आउनेका लागि प्रतिबन्धको तयारी गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।