\
इरानमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या इरान सरकारले दिएको आधिकारिक संख्याको तुलनामा पाँच गुणा बढी हुनसक्ने बताइएको छ ।
बिबिसीले गरेको अनुसन्धानमा यस्तो दाबी गरिएको हो ।
आधिकारिक तथ्यांकको आधारमा इरानमा जाडो मौसममा अतिरिक्त मृत्यु हुनेको संख्या ६ हजार ४ सयभन्दा बढी थियो । तर, यसपटक त्यहाँ धेरैको निधन भएको बताइएको छ ।
यसबीचमा कोरोनाका कारण त्यहाँ पाँच हजारभन्दा बढीको मृत्यु भएको बताइएको छ । तर, फ्रेबुअरी र मार्च महिनामा कोम, गिलानलगायतका प्रान्तमा कोरोना महामारी देखिएको थियो । त्यहाँ कोभिड १९ का कारण मृत्यु हुनेको संख्या बढी हुनसक्ने अनुमान गरिएको हो ।
अहिलेसम्म इरानले कोरोनाका कारण १० हजारको ज्यान गएको बताएको छ । मध्यपूर्वको सबैभन्दा बढी प्रभावित इरानमा २ लाख १५ हजारभन्दा धेरैमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।