राजु सदाको मृत्यु होइन, हत्या होः गगन थापा

नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले धनुषाको क्वारेन्टाइनमा मृत्यु भएका राजु सदाको हत्या भएको टिप्पणी गरेका छन् । 

सामाजिक सन्जाल ट्विटरमा लेख्दै थापाले यस्तो बताएका हुन् । उनले सरकार कोभिड १९ महामारी र हाम्रा प्रयासहरु पुस्तकमा आफ्नो बखान गर्न व्यस्त भएको तर सामान्य उपचार नपाएर सदाले ज्यान गुमाउन परेको घटना दुखद भएको उल्लेख गरेका छन् । 

उनले यो घटनाबाट कोरोना व्यवस्थापनको जिम्मा लिनेहरुको नियत र हैसियत देखिएको पनि टिप्पणी गरेका छन् । 





  • प्रकाशित मिति : असार ११, २०७७ बिहीबार २३:१८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया