३० वर्षपछि इपिएल च्याम्पियन बन्यो लिभरपुल

लिभरपुलले यो वर्षको इंग्लिस प्रिमियर लिग (इपिएल)मा च्याम्पियनको ट्रफी उचालेको छ । यो लिभरपुलले ३० वर्षपछि पाएको सफलता हो ।

त्यसो त बिहीबार राति कुनै खेल जितेर लिभरपुलले यो ट्रफी उचालेको होइन । बिहीबार त लिभरपुलको कुनै खेल नै थिएन । तर, जब म्यानचेस्टर सिटीले चेल्सीसँग पराजय भोग्यो, अनि यो उपाधि लिभरपुलको पोल्टामा पुग्यो । 

च्याम्पियन बन्नका लागि अहिले लिभरपुलका लागि एक खेलमा जित अनिवार्य थियो । तर, अब म्यानचेस्टर सिटीले यसमा जित निकालेपछि यो तय भएको छ कि लिभरपुल च्याम्पियन भइसकेको छ । अब हुने एक खेलमा उसको जित या हारले यसलाई अब कुनै असर गर्ने देखिएको छैन ।

त्यसो त लिभरपुलले इपिएलमा च्याम्पियन बनेको यो १९ औं पटक हो । तर, सन् १९८९–९० को सिजनपछि पहिलो पटक लिभरपुल च्याम्पियन बनेको हो । अर्थात् यो उपाधिका लागि लिभरपुलले यसपटक ३० वर्ष सम्म पर्खनु परेको थियो ।

लिभरपुलको यो जितको श्रेय अहिले कोच जुर्गेन कलोपलाई दिइएको छ । उनको अगुवाईमा टिमले यो वर्ष निकै राम्रो प्रदर्शन गरेको हो । 

लिभरपुलको टिमले यो सिजनमा फुटबलमा जुन कौशल प्रदर्शन गरेको थियो, त्यसले ऊ च्याम्पियन बन्न सक्छ भन्ने अनुमान पहिले पनि गरिएको थियो । किनकि लिभरपुलले यो सिजनमा ३१ खेलमा २८ खेलमा जित निकालेको थियो । अनि दुई खेलमा बराबरी र एक खेलमा मात्र हार व्यहोरेको लिभरपुलले इपिएलमा नयाँ इतिहास बनाएको हो ।



लिभरपुलले यो सिजनमा अहिलेसम्म ८६ अंक बटुलेको छ । अनि उसलाई पछ्याइरहेको टिमको उसको भन्दा २५ अंक कम अंक तालिकामा देखिएको छ । इपिएलमा दुई शीर्ष टिमबीच यति ठूलो अन्तर भएको यो पहिलो पटक पनि हो । 

अझै लिभरपुलले सात खेल खेल्न नै बाँकी छ । सात खेल बाँकी हुँदै गर्दा च्याम्पियन बनेर लिभरपुलले अर्को रेकर्ड पनि बनाएको हो । अर्थात्, एक सिजनमा सबैभन्दा धेरै ३२ म्याचको जितको रेकर्डा तोड्नका साथसाथै अब लिभरपुलले एकै सिजनमा १०० अंक हासिल गर्ने पहिलो टिम पनि लिभरपुल बन्ने छ ।



जर्मन कोच जुर्गेन कलोपले २०१५ मा टिमको कमान्ड सम्हालेका थिए । त्यति बेला लिभरपुल इपिएलमा १० औं राम्रो टिम मानिएको थियो ।

अनि कलोपले चार वर्षमा लिभरपुलको भाग्य बदलिदिएका छन्, चार सिजनमा लिभरपुलको पोजिसन चौथो, चौथो, दोस्रो र पहिलो बनाइदिएका छन् । 

  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार ५:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया