केही साताअघि भारतीय सेनासँग झडप भएको सीमामा नै चीनले नयाँ संरचनाहरु बनाएको छ । पछिल्ला स्याटलाइट तस्वीरहरुमा चीनले बनाइरहेको विभिन्न भवनहरु देख्न सकिने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
यो त्यही ठाउँको कुरा हो जहाँ केही दिनअघि चिनियाँ र भारतीय सेनाबीच भएको झडपमा २० भारतीय सैनिकको निधन भएको थियो ।
स्याटलाइट तस्वीरमा सैन्य भवन, बंकर तथा विभिन्न टेन्टहरु लगाइएको देख्न सकिने रोयटर्सले जारी गरेको समाचारमा उल्लेख गरिएको छ । गत महिनामात्र यो ठाउँमा यस्ता भवन तथा संरचना देखिएको थिएन ।
यो ठाउँमा भारत र चीनका सेनाबीच भएको भीडन्तले अहिले विश्व सशंकित बनेको छ । झडपमा त्यति बेला चिनियाँ सैनिकको पनि निधन भएको मानिएको थियो तर यसबारे चीनले आधिकारिक रुपमा केही बताएको छैन ।
२२ जुनमा लिइएको स्याटलाइट तस्वीरमा यस्तो देखिएको बताइएको छ । माक्सार नामको कम्पनीले लिएका यी तस्वीरमा गल्वान नदीको आडमा गत महिना यी संरचना देखिएको थिएन ।
तर, यसबारे अहिलेसम्म न भारतले कुनै प्रतिक्रिया दिएको छ न चीनले नै ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।