कोरोनाभाइरसः भारतमा एकै दिनमा सबैभन्दा धेरै संक्रमित थपिए

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाभाइरस अहिले विश्वका लागि ठूलो चिन्ताको विषय बनिरहेको छ । 

छिमेकी देश भारत पनि यसको चपेटामा नराम्रोसँग फसेको छ । भारतमा केही दिन यता कम्तिमा पनि १६ हजार संक्रमित दैनिक थपिएका छन् । 

शुक्रबार भारतीय मिडियामा आएको समाचार अनुसार भारतमा २४ घन्टामा १७ हजार २ सय ९६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । यो अहिलेसम्म भारतमा एकै दिन थपिएका सबैभन्दा धेरै कोरोनाभाइरस संक्रमित हुन् । 

यसका साथै अब भारतमा ४ लाख ९० हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । बिहीबार भारतमा कोभिड १९ का कारण ४ सय ७ जनाको निधन भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ हजार ३ सय १ पुगेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १०:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया