गुल्मीमा थपिए १२ कोरोनाभाइरस संक्रमित

गुल्मीमा थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोटका पाँच जना, इस्माका ४ जना र रुरुका ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका २९, ३६, ३५ र २३ वर्षका पुरुष तथा १९ वर्षकी महिला छन् । त्यस्तै इस्मा गाउँपालिकाका २०, ३४ र २६ वर्षका पुरुष तथा २२ वर्षकी महिला छन् ।

रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा २८ र ३५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २५७ पुगेको छ । गुल्मीमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १०:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया