गण्डकी प्रदेशमा शुक्रबार विहान २५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
गण्डकीका नवलपुरमा मात्र २१ जना कोरोना संक्रमित थपिएका हुन् । अन्य तनहुँका २ जना, बाग्लुङ र स्याङ्जाका एक एक जनामा पनि कोरोना संक्रमण देखिएको हो ।
आज २५ जना थपिएसँगै गण्डकीमा कोरोनाभाइरस संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । गण्डकीमा अहिलेसम्म १०२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।