कर्णालीमा थपिए २६ संक्रमित


कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणमा बिहीबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका १३, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोट दुई, मुगु र जुम्लाका एक÷एक जना छन् । 
यस्तै कर्णालीमा कोरोना संक्रमण देखिनेमध्ये एक जना भने काठमाडौंका रहेको बताइएको छ ।
योसँगै कर्णालीमा कुल संक्रमितको संख्या १ हजार ४ सय ३३ पुगेको छ । 
 





  • प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार १६:२८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया