काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङमा एकजना महिला छिन् । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
ती महिलालाई प्रहरीले अचेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको थियो । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको कोरोना परीक्षण शुक्रबार आएको रिपोर्टमा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उनको पहिचान गर्ने र परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको जानकारी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।