कोरोनाभाइरसबाट विश्वमा चार लाख ९६ हजारभन्दा बढीको मृत्यु

कोरोनाभाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने मानिसको सङ्ख्या चार लाख ९६ हजार ७९६ पुगेको छ । साथै विश्वभर ९९ लाख ३ हजार ७७७ जना सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

कोरोनाभाइरसका कारण बिरामी भएका ५३ लाख ५७ हजार १५४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५७ हजार ६४३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २५ लाख ५२ हजार ९५६ जनामा कोरोनाभाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख २७ हजार ६४० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जनाभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । उत्तर अमेरिकामा लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ ।

युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोनाभाइरस सङ्क्रमित रहेका छन् भने एक लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा तीन लाख ५० हजार ८६० जनामा कोरोनाभाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा नौ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।
 





  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार ७:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया