चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई अमेरिकामा प्रतिबन्ध लगाइँने

अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीलाई प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टी (सिसीपी) का अधिकारीलाई भिसामा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका हुन् ।

नयाँ सुरक्षा कानुन ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएकाले उनीहरूलाई भिसा नदिने तयारी गरिएको उनको भनाइ छ ।

नयाँ प्रतिबन्ध सिसीपीका वर्तमान तथा पूर्व अधिकारीलाई लगाइने विदेशमन्त्री पोम्पेओले बताए ।

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए । सोहीअनुसार विदेशमन्त्रीको अभिव्यक्ति आएको हो ।

केही दिनपछि चीनको संसद् बैठक बस्दै छ । नेसनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानुनमाथि छलफल गर्ने छ । बैठक आइतबार सुरु हुनेछ ।



नयाँ सुरक्षा कानुनअनुसार चीनले हङकङमा पहिलोपटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दै छ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् । 
 



  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार ७:५८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया