गुल्मीका १२ जना कोरोनाभाइरस संक्रमित डिस्चार्ज भएका छन् । जिल्लाको इस्मा गाउँपालिकाका १० जना र मालिका गाउँपालिकाका २ जना डिस्चार्ज भएका हुन् ।
इस्मा गाउँपालिकामा १ जना महिला र ९ जना पुरुष डिस्चार्ज भएका छन् । संक्रमितहरुको २ पटक पिसीआर जाँचबाट गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको इस्मा नगरपालिकाले जनाएको छ ।
उनीहरु भारतबाट आएर ३५ दिनसम्म आइसोलेसनमा बसेका थिए । इस्मा गाउँपालिकामा हालसम्म ५७ जना कोरोना संक्रमित छन् ।
त्यस्तै मालिका गाउँपालिकाका २ जना कोरोना संक्रमित पुरुष पनि डिस्चार्ज भएका छन् । मालिका गाउँपालिकामा २१ जना कोरोना संक्रमित छन् ।
गुल्मी जिल्लामा कोरोना संक्रमितको संख्या २५७ पुगेको छ । ३२ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।