साओमीको रेड्मी नोट नाइन नेपालमा
४८ मेगा पिक्सेल क्यामरा तथा ५०२० एमएच क्षमताको ब्याट्री रहेको फोनको मूल्य २२ हजार ९९९

नेपालमा साओमीको रेड्मी नोट नाइन सार्वजनिक भएको छ ।

साओमी ग्लोबल टेक्नोलोजी लिडरले नेपालमा उक्त फोन ल्याएको हो ।

 नोट ९ सिरिजमा सार्वजनिक गरिएको कम्पनीको यो दोस्रो स्मार्टफोन भएको बताइएको छ ।

हालै सार्वजनिक भएको रेड्मी नोट नाइन प्रोका साथै नयाँ रेड्मी नोट स्मार्टफोन लाइनअपले फ्ल्यागशिप मूल्यका अन्य ब्राण्डलाई चुनौती दिने साओमी नेपालको दाबी छ ।

यसलाई अत्याधुनिक डिजाइन र नवीन प्रविधिको फोनको रुपमा हेरिएको छ ।

नेपालमा नोट नाइन सिरिजका अर्को स्मार्टफोन सार्वजनिक गर्न पाउँदा आफूहरु निकै उत्साहित रहेको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए ।



फोनमा ५०२० एमएएच क्षमताको ब्याट्री, ४८ एमपी क्यामेरा र मिडियाटेक हेलियो जी ८५ प्रोसेसर रहेको छ ।

ब्याट्री, क्यामरा तथा प्रोसेसरका आधारमा रेड्मी नोट नाइन रेड्मी नोट लाइनअपकै उत्कृष्ट फोन रहेको कम्पनीले जनाएको छ ।



एमआईका प्रयोगकर्ताले नयाँ उत्पादन मन पराउनेमा आफूहरु आशावादी रहेको कोठारीको भनाइ छ ।

फोनमा रहेको मिडियाटेक हेलियो जी ८५ प्रोसेसरले रेड्मी नोट नाइनलाई नयाँ चिपसेट फिचर गर्ने विश्वकै पहिलो स्मार्टफोन बनाएको कम्पनिीको दाबी छ ।

 चार वटा क्यामेरा सेटअप रहेको यो फोनमा फोटोग्राफी तथा भिडियो ग्राफीका लागि ४८ एमपी क्वाड क्यामेरा राखिएको छ ।

मूख्य क्यामेरासँगै आठ एमपी अल्ट्रा वाइड—एंगल लेन्स रहेको यो फोनमा दुई एमपी म्याक्रो लेन्स र दुई एमपीकै डेप्थ सेन्सर रहेको छ ।

क्वाड क्यामेरा सेटअपले सबै एंगलबाट सुन्दर तस्वीर खिच्न सकिन्छ ।

सेल्फीका लागि डिस्प्लेमै १३ मेगापिक्सेल क्यामेरा राखिएको रेड्मी नोट नाइनबाट सिनेम्याटिक पोट्रेट र भिडियो मोडबाट प्रयोगकर्ताले २.३९ः१ एसपेक्ट रेसियोको फोटो तथा भिडियो खिच्न सक्ने कम्पनीले बताएको छ । 

विभिन्न ६ क्यालिडोस्कोप अप्सनका साथ आएको यो फोनबाट छिट्टै फोटो शुट गर्न तथा एकै पलमा आकर्षक भिडियो खिच्न सकिन्छ ।

साथै, फोनमा रहेको डकुमेन्ट मोडले स्मार्टफोनलाई नै खल्ती आकारको स्क्यानरमा समेत रुपान्तरण गर्न सकिन्छ ।

यो फोन खरिद गर्दामा २२.५ वाटको फास्ट चार्जरसमेत पाउन उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फोनको डिस्प्लेमा कर्निङ गोरिला ग्लास फाइभले सुरक्षा प्रदान गरिएको छ ।

इमर्सिभ ६.५३ इञ्च डट डिस्प्ले रहेको यो फोन झट्ट हेर्दा  आकर्षक देखिन्छ ।

यसमा ३.५ एमएम हेडफोन ज्याक, आईआर ब्लास्टर जस्ता विशेषतासमेत समावेश छन् ।

यो फोनमा लामो समयसम्म हेर्दा समेत आखाँलाई कुनै असर नपर्ने गरी टीयूभी रेहनल्याण्ड कम ब्लू लाइट सटिफिकेशनसमेत राखिएको छ ।

नेपाली बजारमा रेड्मी नोट नाइनको मूल्य २२,९९९ रुपैयाँ राखिएको छ ।

 नेपाली बजारमा चार जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रेड्मी नोट नाइन मिडनाइट ग्रे र फरेस्ट ग्रीन कलरमा उपलब्ध छ ।

  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार १४:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया