अर्थविद् एवं सरोकारवालाहरूले नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति बनाउँदा संघीय अर्थव्यवस्था सुहाउँदो बनाउनुपर्ने बताएका छन् ।
बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने खालको नीति आउनुपर्नेमा सरोकारवालाको जोड छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शुक्रबार गरेको ‘संघीय संरचनामा मौद्रिक नीति र आर्थिक नीतिको प्रभावकारिता’ विषयक वेविनारका सहभागीले आगामी मौद्रिक नीतिले प्रादेशिक र स्थानीय तहको अवस्था र त्यहाँको संसाधन उपलब्धता अनुसारको समस्या समाधानका लागि नीतिगत कार्यमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अर्थशास्त्री डिल्लीराज खनालले अवको नीतिले मागको सिर्जना गर्न सक्नुपर्नेमा जोड दिए ।
विप्रेषणको आधारमा अर्थतन्त्रका अन्य क्षेत्रलाई डोहोर्याउने हालसम्मको नीतिको जोड रहेको बताउँदै उनले अबको मौद्रिक नीतिले सीमान्तकृत तहका समस्या सम्बोधन गर्नुपर्ने बताए ।
कोरोनाबाट थलिएको आर्थिक क्रियाकलापलाई अघि बढाउन पुनर्कर्जालाई विस्तार गर्नुपर्ने र तल्लो वर्गको पहुँचमा पु¥याउनुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, मौद्रिक नीतिमार्फत अनुत्पादक खर्चलाई नियन्त्रण गर्नुपर्ने र तरलता बढाउन जोड दिनुपर्ने उनको धारणा थियो ।
हालसम्मको मौद्रिक नीतिले प्रशासनिक व्यवस्थापनको पाटोमा मात्र ध्यान दिएको बताउँदै अर्थविद् र सरोकारवालाहरुले नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति तर्जुमा गर्दा संघीय अर्थव्यवस्था सुहाउँदो र बन्दाबन्दी र कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई गतिशील बनाउन सघाउ पुग्ने खालको व्यवस्था गर्न ध्यान दिनुपर्ने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा शुक्रबार आयोजित ‘संघीय संरचनामा मौद्रिक नीति र आर्थिक नीतिको प्रभावकारिता’ विषयक वेविनारमा बोल्दै सहभागीहरुले संघीय संरचनाको मर्म अनुरुप आगामी मौद्रिक नीतिले प्रादेशिक र स्थानीय तहको अवस्था र त्यहाँको संसाधन उपलब्धता अनुसारको समस्या समाधानका लागि नीतिगत विविधीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै अर्थशास्त्री डिल्लीराज खनालले हालसम्मको मौद्रिक नीतिले मागको व्यस्थापनमा ध्यान दिएको बताए। अवको नीति यस सीमाभन्दा अघि बढेर मागको सिर्जना गर्न सक्नुपर्नेमा उनको जोड थियो । विप्रेषणको आधारमा अर्थतन्त्रका अन्य तहतप्कालाई घिसार्दै अघि बढाउने हालसम्मको नीतिको जोड रहेकोमा अबको मौद्रिक नीतिले सीमान्तकृत तहका समस्या सम्बोधन गर्नुपर्ने उनको जोड छ।
कोरोनाबाट शिथिल आर्थिक क्रियाकलापलाई अघि बढाउन पुनर्कर्जालाई विस्तार गर्नुपर्ने र तल्लो वर्गको पहुँचमा पु¥याउनुपर्ने, अनुत्पादक खर्चलाई नियन्त्रण गर्नुपर्ने र तरलता बढाउन जोड दिनुपर्ने उनको धारणा थियो ।
हालसम्मको मौद्रिक नीतिले प्रशासनिक व्यवस्थापनको पाटोमा मात्र ध्यान दिएको बताउँदै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसन्धानकर्ता विशाल चालिसेले अबको नीतिले आर्थिक वृद्धि र बृहत्तर स्थायित्वमा जोड दिनुपर्ने बताए ।
आगामी नीतिले संघीय सरकारको समस्या समाधानका उपाय मात्र हेर्ने नभई प्रादेशिक र स्थानीय तहको विषयवस्तु पनि समेट्नुपर्ने उनको भनाइ थियो ।
यो वर्षको बजेटमा केही प्रदेशले आन्तरिक ऋण परिचालन गर्ने प्रावधान राखेको चर्चा गर्दै अर्थशास्त्री केशव आचार्यले आगामी मौद्रिक नीतिले आवश्यक व्यवस्थाद्वारा त्यसको स्पष्ट मार्गदर्शन गर्नुपर्नेमा जोड दिए ।
कोरोनाका कारण थलिएको कृषि, पर्यटन, घरजग्गा, यातायात र घरेलु एवं साना उद्योगलगायतका क्षेत्रको पुनरुत्थानका लागि प्रदेश सरकारले बजेटमार्फत ल्याएको कार्यक्रमलाई सहयोग पुग्ने किसिमको नीति आउनु पर्ने सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले बताए ।
अबको नीतिले आर्थिक वृद्धि तथा बृहत्तर स्थायित्वलाई जोड दिनुपर्ने उनको भनाइ थियो ।
संघीय सरकारको समस्या समाधानका उपाय मात्र हेर्ने नभई आगामी नीतिले प्रादेशिक र स्थानीय तहको विषयवस्तु पनि समेट्नुपर्ने उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।