सबै जिल्लामा भेटिए कोरोना संक्रमित
कुल मृतकको संख्या २८ पुग्यो



नेपालमा शनिवार थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । 
शनिवार देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२० महिला र ४३४ पुरुषमा कोरोना संक्रमण फेला परेको मन्त्रालयको पत्रकार सम्मेलनमा  बताइयो ।

नियमित पत्रकार सम्मेलनमा उक्त मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  दिएको जानकारीअनुसार  नेपालमा कोरोनाको कारण थप एक जनाको मृत्यु भएको छ । 
शनिबार कैलालीका एक जना ५० वर्षीय पुरुषको मृत्यु भएको उनले बताए ।  

११ असारमा ती पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । उनको भरतपुर अस्पतालमा निधन भएको हो ।


योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
शनिवार देशका विभिन्न भागमा रहेका अस्पताल तथा आइसोलेशन सेन्टरबाट ११ महिला ११८ पुरुष गरी १२९ जना डिस्चार्ज भएका छन् ।  


शनिबारदेखि नेपालका सवै जिल्लामा कोरोना संक्रमण फैलिएको पत्रकार सम्मेलनमा उनले बताए । यसअघि रसुवा जिल्लामा संक्रमित  थिएनन् । 





  • प्रकाशित मिति : असार १३, २०७७ शनिबार १६:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया